कैलाली कारागारमा कैदीबन्दीको गणना सकियो

धनगढी। कैलाली कारागारमा दुई समूहबीचको झडपपछि तनाव बढेपछि कैदीबन्दीको सङ्ख्या पुन: गणना गरिएको छ।

मानव अधिकार आयोग, कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा गरिएको गणनामा ब्लक ए मा ३९६, ब्लक बी मा १९८ र महिला ब्लकमा ५६ जना कैदीबन्दी रहेको पुष्टि भएको छ।

शनिवारको झडपमा ४९ जना घाइते भएका र एक जनाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। गणनामा कुनै त्रुटि नभेटिएको र पहिले झैँ ७०० कैदीबन्दी रहेको पाइएको छ। यसअघि कैदीबन्दीले थुनुवा कक्ष बन्द गरेर प्रवेशमा रोक लगाएका थिए।