राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएर नयाँ जर्सी सार्वजनिक गरिएको हो।
नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो।
नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी-२० सिरिज खेल्दै छ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ।
