जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता (पूर्णपाठ)

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । दुई दलले यो एकतालाई ‘एकताउन्मुख कार्यगत एकता’ भएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरेका हुन् । कार्यगत एकताको घोषणामा हस्ताक्षर उनीहरूले गरेका छन्। राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए। त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएका थिए।

कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ । जसमा केन्द्रीय तहमा संयोजन समिति रहनेछ।

उक्त समितिमा पार्टीका अध्यक्षसहित प्रत्येक पार्टीहरूबाट ७/७ जना सदस्य रहने बताइएको छ। समितिमा कम्तिमा २ जना महिला अनिवार्य गरिएको छ।

प्रादेशिक र स्थानीय तहमा पनि संयोजन समिति रहने जनाइएको छ। प्रदेशमा ५÷५ सदस्यीय र स्थानीय तहमा ३÷३ सदस्य रहने समिति बन्ने संगठनात्मक संरचनामा उल्लेख छ। कार्यगत एकतामा संलग्न दलहरूले बैठकको अध्यक्षता पालैपालो गर्ने पनि घोषणापत्रमा उल्लेख छ।