आज मिति २०८२ साल साउन ३१ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीको दर्शन गरि राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो,अ- अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले तत्परता देखाउनेछन् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आश मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले उपलब्धि दिलाउनेछ । परिवारजनको सहयोग लिनु लाभदायी हुनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । विस्तारका लागि यात्रा हुनेछ । शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकपूर्वक अघि बढ्नुहोला ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सोख पूर्तिका लागि खर्च बढ्नेछ । दाम्पत्य जीवनमा रमाउने समय छ । प्रेमको बन्धन कसिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ काम पाइनेछ । खानपानमा सावधानी अपनाउनुहोस्, आलस्यले अवसर गुम्न सक्छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्य र सम्मान पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने समय हो । तर अरूको भरमा बसेर काम रोकिन सक्छ, हिम्मतपूर्वक अघि बढ्नुहोस् ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- रोकिएका काम बन्नेछन् । संघर्षबाट अधिकार स्थापित हुनेछ । शत्रु किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ पाइनेछ । सहयोगीहरूको राम्रो साथ रहनेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- ईर्ष्यालुहरूले अवरोध पुर्याउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्नुहोस् । चुनौती चिर्दै काम बन्नेछ । खर्च बढ्ने संकेत छ। व्यवसायमा लगानी बढाउनु पर्ने समय छ। आफ्नै कमजोरीले विवादमा पर्न सकिनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- माता पिता वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ। पठन पाठनमा प्रगति हुनेछ । व्यापार लगायत आर्थिक काममा लाभ हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जिएपनि मान्यजनको सुझाव लिनु लाभदायी हुनेछ। भेटघाटको अलमलले नोक्सान हुन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मतको कमीले पछि पर्न सकिन्छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दा लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ । कमजोर मानसिकताले पछि पार्न सक्छ, तर हिम्मत गर्दा पुरुषार्थी काम बन्नेछन्। रोकिएका काम बन्ने र नयाँ सुरु गर्ने समय हो । उद्योग व्यवसायमा विशेष फाइदा हुनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- विशेष योजना गोप्य राख्नुहोस् । पुरानो तरिकाले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख हुन सक्छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि चौपायामा केही समस्या आएपनि धन आर्जनको मौका छ । पारिवारिक जमघटमा रमाइलो हुनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- समयको गतिलाई पछ्याउनुहोस्। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले उपलब्धि दिलाउनेछ । धैर्यपूर्वक निरन्तर प्रयत्न गर्दा धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ।
