राजनीतिक मौनतामा प्रचण्ड, सक्रिय देखिएका अन्य दलहरू
रनसुर महतारा (रमेश)
काठमाडौं। नेपाली राजनीतिको मुख्य पात्र मानिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल राजनीतिक मौन छन्। आफ्नै पार्टीभित्रका नेताहरूबाट घेरिएपछि उनले मुद्दाविहीन र अलमलमा परेको अवस्था देखाउँदै खासै टिप्पणी गरिरहेका छैनन्।
प्रचण्डको यो मौनता त्यतिबेला आएको छ जब अन्य राजनीतिक दलहरू आ-आफ्ना गतिविधिमा सक्रिय देखिएका छन्। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रियता प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो उपस्थिति जनाइरहेका छन् भने सडकमा जाने अवस्थामा प्रचण्ड देखिएका छैनन्।
यसैबीच रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको सरगर्मीले अन्य राजनीतिक दलहरूलाई व्यस्त बनाएको छ। नेपाली कांग्रेस उपनिर्वाचन केन्द्रित गतिविधिमा सक्रिय छ भने नेकपा एमाले आफ्नो विधान महाधिवेशनको तयारीमा व्यस्त छ। तर माओवादी केन्द्रलाई यी गतिविधिहरूले खासै छुन सकेको देखिँदैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानबाट जुन चर्चा र सहानुभूति पाएका थिए, त्यो भिजिट भिषा प्रकरणमा उनले गरेको आत्मसमर्पणले सकिएको छ। यसले उनको राजनीतिक स्थितिमा केही प्रभाव पारेको देखिन्छ।
अर्कोतर्फ हालको सरकार ढल्ने अवस्थामा नदेखिएको छ। यसैबीच नेपाली कांग्रेसका नेताहरूले देखाएका आशा र सपनाहरू खुमलटारमै सीमित भएका छन्। डा.शेखर कोइरालाले तयार पारेको राजनीतिक माहोल पनि ठण्डा भएको छ।
विशेष गरी गृहमन्त्री रमेश लेखकलाई साथ दिएर सत्ताको ढोका थाप्ने प्रयास समेत सफल हुन नसकेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यस्तो अवस्थामा नेपाली राजनीतिमा नयाँ समीकरणहरू बन्दै गएको देखिएको छ।
प्रचण्डको यो राजनीतिक मौनताले माओवादी केन्द्रको भविष्यको दिशाबारे प्रश्न खडा गरेको छ भने अन्य दलहरूको सक्रियताले नेपाली राजनीतिमा नयाँ गतिशीलता ल्याउने संकेत गरेको छ।
