प्रधानमन्त्री अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नहुने भएपछि संसदमा प्रधानमन्त्रीसँगग प्रश्नोत्तर नहुने भएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्य प्रतिकुलताको कारण प्रधानमन्त्री बैठकमा उपस्थित नहुने जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।