एकतालाई मूल मन्त्र बनाए,कांग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक

काठमाडौं। गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन्।

बुधवार काठमाडौं नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताए।

लोकतन्त्र राम्रो व्यवस्था रहेको बताउँदै यो व्यवस्था ल्याउन धेरै सपुतहरूको ठूलो योगदान रहेको बताए। उनले एकता कुनै अमूर्त विषय नभएको बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने बताए।

उनले मतान्तरहरूमा पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने जरुरी रहेको बताए। पार्टी भन्दा बाहिर प्रतिस्पर्धा भएको बेलामा पार्टी एक ढिक्का भएर उभिनुपर्ने बताए।

गृहमन्त्री लेखकले कांग्रेसका नेताहरू आफैँ आपसमा कमजोर बनाउने काममा लाग्दा पार्टी पनि कमजोर हुने बताए।