भारत र चीनको विरोधमा मशाल जुलुस

काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघ त्रिचन्द्र क्याम्पसले भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा मसाल जुलुस निकालेको छ।

शुक्रवार साँझ नेविसंघले त्रिचन्द्र क्याम्पसले मसाल जुलुस निकालेको हो। जुलुसको क्रममा ‘लिपुलेक हाम्रो हो’ भन्ने लगायत नारा लागेको थियो।

भारत र चीनबीच लिपुलेकबाट व्यापारिक रूट बनाउने सम्झौताको विरोधमा नेपालमा राजनीतिक दलहरू सहित विभिन्न तहबाट विरोध भइरहेको छ ।