टप एण्ड टी-२० सिरिजमा नेपालको चौथो हार,पाकिस्तान साहिन्ससँग १ रनले पराजित

काठमाडौं । डार्विनको मरारा क्रिकेट मैदान टुमा शुक्रवार भएको टप एण्ड टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ । यो हारसँगै नेपालले ६ खेलको सिरिजमा चौथो हार बेहोर्‍यो । पाकिस्तान साहिन्साले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनायो ।

जितनजिक पुगेको नेपालले अन्तिम ओभरमा दुई विकेट गुमाउँदा हार बेहोर्‍यो । कप्तान रोहित पौडेलले ५२ रन ९४४ बल, ६ चौका, १ छक्का० बनाए। दिपेन्द्रसिंह ऐरि ४१ रन (२१ बल, २ चौका, १ छक्का) मा रनआउट भए ।

अन्तिम बलमा दिपेन्द्रको रनआउटले नेपालको हार पक्का भयो । आरिफ शेख १ रनमा नटआउट रहे । आशिफ शेखले २७, कुशल भुर्तेलले ४, गुल्सन झाले ३, लोकेश बमले १० र कुशल मल्लले २ रन जोडे।

यसअघि, टस जितेर ब्याटिङ गरेको साहिन्साले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनायो । कप्तान इरफान खान ४२ रनमा नटआउट रहे। अब्दुल समदले २६ र मोहम्मद वसिमले २४ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादव र दिपेन्द्रसिंह ऐरिले २–२, र कुशल भुर्तेलले १ विकेट लिए ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपालले सिरिजमा मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ र होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो । तर, मेलवर्न स्टार्स एकेडेमीसँग ३१, बङ्गलादेश ‘ए’ सँग ३२ र नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। पाकिस्तान साहिन्स ८ अंकसहित दोस्रो स्थानमा रह्यो, जबकि सिकागो किंग्स मेन शीर्ष स्थानमा छ।