गौर प्रकरण राजनीतिक घटना होइन, सामूहिक हत्या हो: महासचिव गुरुङ
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले २०६३ को गौर हत्याकाण्डलाई राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर सामूहिक हत्या गर्न नहुने बताए।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त घटनालाई राजनीतिक भनेकोप्रति लक्षित गर्दै गुरुङले निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिनको माग गरेका छन्। उनले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व यादवले गरेको र मानव अधिकार आयोगको प्रतिवेदनले पनि उनलाई लक्षित गरेको उल्लेख गरे।
सर्वोच्च अदालतको हालैको परमादेशप्रति समय सन्दर्भले आशङ्का उत्पन्न गरेको उनको भनाइ छ। जसपा नेपालको भूमि विधेयकप्रतिको असन्तुष्टि र सरकारबाट बाहिरिनुले पनि यो फैसला राजनीतिक प्रतिशोधसँग जोडिएको हुन सक्ने आशङ्का गुरुङलको रहेको छ। माओवादीले अदालतको फैसला स्वीकार गर्ने,तर न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्नुपर्नेमा जोड दिएको छ।
