सहकारीबाट ठगिएका व्यक्तिले पैसा फिर्ता पाउनुपर्छ: महामन्त्री शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताए।
न्याय फलनोलाई चाहियोभन्दा पनि पीडितले न्याय पाउनुपर्ने उनको भनाइ छ। सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको उनले बताए।
उनले सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे।
