आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीर

काठमाडौं। नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै एवं कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

सोमबार देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।