आज यी स्थानमा वर्षाको सम्भावना
काठमाडौं। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै र तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
