पार्टीमा गुटबन्दी स्वीकार छैन: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा गुटबन्दी हुन नदिने बताएका छन्।

कर्णाली प्रदेशको पूर्ण बैठकलाई बुधबार श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने, गुटबन्दी, अराजकता र अनुशासनहीनता अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने बताए।

स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण सङ्घलगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरे।

अध्यक्ष प्रचण्डले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा राखे।