रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उच्चको आदेश

काठमाडौं। उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित दायर गरेको मुद्दामा सुनुवाइ गर्नै न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो।

यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो।

त्यसपछि रवि उच्च अदालत पुगेका हुन्। अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।