आज मिति २०८२ साल भदौ १३ गते शुक्रबार लक्ष्मी माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु हुने सम्भावना छ । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गर्ने अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र शत्रुहरू परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन अझ मजबुत बन्ने समय छ । उच्च महत्वाकांक्षाका कारण सोचिएको काम पूर्ण रूपमा सम्पादन हुनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोस् । राजनीतिक पहुँच बढ्ने समय छ, तर भूमि सम्बन्धी वा स्थायी सम्पत्ति बारे विवाद आउन सक्छ । आर्थिक अभावले पनि सताउने योग छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- काममा आफन्तको सहयोग जुट्नेछ । तर ढाड वा जोर्नी सम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ । आम्दानी बढ्नेछ र उत्साह थपिनेछ । आफ्नै कमजोरीका कारण अवसर गुम्न सक्ने सम्भावना छ । मान सम्मानमा चोट पुग्न सक्छ । विशेष पद वा राजनीतिक व्यक्तित्वबाट धोका हुने सम्भावना पनि छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सुखद समाचार प्राप्त हुनेछ, जसले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय, उद्योगधन्दा तथा कलामा राम्रो फाइदा हुनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ । लुगा, भोजन वा विशेष उपहार हात लागि हुनेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोगले अप्ठ्यारा काम पनि सजिलै पूरा हुनेछ । भूमिबाट प्रशस्त फाइदा हुनेछ । विपरीत लिंगीको सहयोगबाट पनि लाभ हुने योग छ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर वा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिला सुस्ती हुनेछ । अस्वस्थताले सामाजिक तथा राजनीतिक प्रभाव कमजोर हुन सक्छ । आमाको स्वास्थ्य कमजोर हुन सक्छ । चोरी वा ठगीमा पर्ने सम्भावना प्रति सतर्क रहनुहोस् ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- जीवन साथीलाई पीडा हुने योग छ । स्वास्थ्य समस्याको पहिचान गर्न कठिनाइ हुन सक्छ । दिदी बहिनी बीच असमझदारी बढ्न सक्छ । समाजले बहिष्कार गरेका वा अनुचित आचरण गर्नेहरूसँग नजिकिनु पर्ने अवस्था आउन सक्छ । लामो समयदेखि गरिएको लगानी वा श्रमबाट अपेक्षित प्रतिफल कम मात्र मिल्नेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- लामो समयदेखि रोकिएका काम सम्पन्न गर्ने मौका छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या समाधान हुने सम्भावना छ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । तर, परिवारभित्र असमझदारी र साथीभाइसँग वैरभाव बढ्न सक्छ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- पठन पाठनमा प्रगति हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । टाढाको यात्राको सम्भावना छ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दा मामिला वा कामका झमेलाबाट केही समयका लागि मुक्ति मिल्नेछ । यात्रा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस् ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- घर खर्च बढ्नेछ र व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा अवरोध पुर्याउन सक्छ । घर जग्गा वा स्थायी सम्पत्ति बारे विवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी टाउको दुखाइ वा आँखाको समस्या बढ्ने सम्भावना छ । तर, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- आर्थिक समस्या समाधान हुनेछ । तर, पारिवारिक सम्बन्ध कमजोर बन्न सक्छ र आफन्तबाट टाढिनु पर्ने स्थिति आउन सक्छ । खर्च बढ्नेछ र व्यापारमा मन्दी आउनेछ । यद्यपि, लामो समयदेखि रोकिएका काम सम्पन्न गर्न सकिने दिन हो । आफन्तहरूले कमजोरी औंल्याउने वा गुनासो गर्ने सम्भावना छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- स्वास्थ्य सबल बन्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दा मामिला वा कामका झमेलाबाट मुक्ति मिल्नेछ । पराक्रम बढ्नेछ र धन लाभ पनि हुनेछ। आफ्नो समूहको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पन्न गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम गर्ने सम्भावना छ ।
