साफ यू–१७ महिला च्याम्पियनसिप: नेपालले भारतसँग खेल्दै

काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ।

यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २–१ को जित हासिल गरेको थियो।

त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४–१ गोल अन्तरले हारेको थियो।

भारतले भने लगातार ४ खेलमा जित हासिल गरेको छ। भारतले पहिलो खेलमा नेपाललाई ७–० ले, दोस्रो खेलमा बंगलादेशलाई २–० ले, तेस्रो खेलमा भुटानलाई ८–० ले र चौथो खेलमा भुटानलाई ५–० ले पराजित गरेको थियो।

अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन्।

डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई–दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्ट ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ।