सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामा कति?
काठमाडौं। सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको हो । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो। सुनको मुल्य पहिलो पटक दुई लाख नाघेको हो।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहिबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो।
