आसाममाथि नेपाल ‘ए’ को सान्दार जित

काठमाडौं। भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि सान्दार जित निकालेको छ। नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो। 

स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङकाे मद्दतमा आसाममाथि फराकिलो अन्तरको जित निकाल्न सफल भएकाे हाे। 

आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। सिबशंकर रोयले १६ रन बनाए। नेपालका लागि लेगब्रेक बलर युवराज खत्रीले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिए। बाँयाहाते स्पीनर बसिर अहमदले ३ विकेट लिए। कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए। बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे।

आसामका आकाश सेनगुप्ताले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए। अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १-१ विकेट लिए।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो। नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ। यसपछिका ३ खेलहरू एसीए रंगशालामा डेरनाइट रूपमा फ्लडलाइटमा खेलिने छ।