जनता नेता, नेता पैसाको पछाडि, मारवाडी र छिमेकको षड्यन्त्रबारे छैन कसैलाई अत्तोपत्तो
रुषा थापा
काठमाडौं देशको राजधानी हो । त्यसमा पनि इन्द्रचोक, ठमेल, भोटाहिटी, वसन्तपुर, न्यूरोड, असन, भेडासिंह, बाङ्ग्रेमुडा, क्षेत्रपाटी, ढल्कु, महाबौद्ध, सुन्धारा, लगनचोक राजधानीको मुटु हो । यी ठाउँ हेर्ने रहर काठमाडौं उपत्यकाभित्रै बसोबास गर्ने र देशभरका विभिन्न भागमा बस्नेहरुमा हुन्छ ।
मुलुकका विभिन्न भेगबाट राजधानी पस्ने मानिसहरु यी ठाउँ पुग्ने गरेका छन् । यहाँ उपत्यकाबासी पनि गइरहन्छन् । अहिले काठमाडौंको मुटुको रुपमा रहेको यी ठाउँमा पाँच–छ दशकअघि कहिले पनि नभएको बुढापाका बताउँछन् । त्यतिबेला यहाँ खेतबारी मात्र थियो । कसैकसैको कच्ची इट्टाको घर हुन्थ्यो ।
राजधानीको मुटु मानिने यी ठाउँ नेवार समुदायको बस्तीमा रुपमा चिनिन्थ्यो । यहाँ धेरैजसो नेवारहरुकै बसोबास हुन्थ्यो । कच्ची इट्टा, माटो र खरको छानो, पराल वा झिंगटी लगाएर घर बनाएका उनीहरु व्यापार व्यवसाय गर्थे । आफ्नै घरको तल पसल थाप्थे । कोही–कोही चाँहि सामान डुलाउँदै बेच्थे ।
राजधानीका यी ठाउँबाट अहिले नेवार समुदाय विस्थापित भइसकेको छ । पुराना, मौलिक घर भत्किसकेका छन् भने सिसा, इट्टा, डण्डी, मार्बल टाँसेर ठूल्ठूला घर बनाइएको छ । घर र नेवार समुदाय मात्र विस्थापित भएनन्, अहिले ठाउँमा व्यापार व्यवसाय गर्नेमा मारवादीहरु छन् । पहिले नेवारको बसोबास हुने ठाउँमा अहिले मारबाडीहरुको रहनसहन देखिन्छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्ने गर्छन्, ‘देश मारवाडीले खायो ।’ मुलुकको राजधानीकै मुटु मारवाडीहरुको कब्जा भएपछि देश पनि नजाला भन्न सकिँदैन । ७४ जिल्लाका जनता काठमाडौं, भक्तपुर र ललितपुरमा बस्छन् । तीन वटै जिल्लाका रैथाने बासिन्दा यहाँबाट विस्थापित भएका छन् ।
चार दशकअघि दशदेखि सयौं रोपनी जग्गा भएकाहरु उपत्यकाबाटै विस्थापित भएका छन् । कोही सुकुम्बासी हुन पुगेका छन् भने कोही अन्यत्र पुगेका छन् । इन्द्रचोक, महाबौद्ध, असन, ठमेललगायत एरियाको जग्गाको सरकारी मूल्य दुई वर्षअघि आनाकै ७५ लाख थियो । तर, जग्गा चाँहि आनाको तीन करोडदेखि १४ करोडसम्ममा किनबेच हुन्थ्यो ।
फेरि मालपोतमा नामसारी गर्ने बेला सरकारी मूल्याङ्कनअनुसार ७५ लाखकै राजस्व तिरिन्थ्यो । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट र नीति तथा कार्यक्रममार्फत यी ठाउँको जग्गाको मूल्य आनाको ५० लाख तोकेको छ ।
केही वर्षअघि यी स्थानमा घरजग्गा किनबेचका लागि हानाथाप हुन्थ्यो । अहिले नै सुनसान छ । यहाँ घरजग्गा कारोबार ठप्पै भएको छ । काठमाडौंको सबैभन्दा महँगो ठाउँ नै यी स्थान हुन् । एउटा सानो ठाउँको समेत पाँच हजारदेखि ३५ लाखसम्म भनिन्छ ।
एउटा सटरको ५० हजारदेखि २० लाख, एक फ्ल्याटको ६० हजारदेखि तीन लाखसम्म असुलिन्छ भने खाली सटर २० लाखदेखि ६० लाखसम्ममा किनबेच हुन्छ । घर भाडाजतिकै सामानको मूल्य पनि यहाँ चर्को छ । अन्यत्र एक सयमा पाइने सामान यहाँ पाँच सयदेखि दुई हजारसम्म भनिन्छ ।
यहाँ मात्र होइन, भाटभटेनी सुपरमार्केटमा पनि उस्तै छ । बाहिर सात सयमा पाइने जुत्ता भाटभटेनीमा पाँच हजार लियो भनेर आम नागरिकहरु कुरा गरिरहेको सुनिन्छ । न्यूरोड, असन, इन्द्रचोकलगायत ठाउँमा ठडिएका ठूल्ठला घर तथा भवनमा मारवाडीहरुको लगानी छ । ती ठाउँमा जति पनि व्यापार व्यवसाय सञ्चालन भएको छ, सबै मारवादीले चलाएका हुन् ।
फेरि काम गर्न चाँहि नेपालीलाई राखिएको छ । त्यो पनि थोरै तलबमा । मासिक पाँच हजारदेखि दश हजार दिएर बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काम लगाइन्छ । अनि एक सयको सामान दुई हजारमा बेचेर फाइदा चाँहि मारवाडी उठाउँछन् । मारवाडीहरुले नेपाल आएर कमाइमात्र रहेका छैनन्, यहाँको भूभागमाथि नै कब्जा जमाउन खोजिरहेका छन् ।
पशुपति विकास कोषको गौशाला धर्मशाला मारवाडीहरुको कब्जामा छ । वर्षौदेखि त्यहाँ मारवाडीहरुको रजगज चलिआएको छ । केही वर्षअघि काठमाडौं महानगरले हटाउन खोज्दा अदालतले मारवाडीको पक्षमा फैसला सुनायो । अनि सरकारले नै मारवाडीसामु घुँडा टेकेपछि कसको के नै लाग्छ र ।
प्राइभेट बैंक सबै मारवाडीको । इन्स्युरेन्समा पनि मारवाडीकै लगानी । मुुलुकको सरकारी–सार्वजनिक, गुठी, मठमन्दिर, ताल, पोखरीको जग्गा कब्जा गर्ने पनि मारवाडी नै । दुर्गा प्रसाईंले मारवाडीहरुले देश लुट्यो, नेपाली जनतालाई कंगाल बनायो भन्दा सरकारले पत्ताएन । अहिले नै उनका कुरा प्रमाणित हुँदै गएका छन् । मारवाडीहरुले न नेपाल सरकारलाई कर तिरेका छन् न नेपाली जनतालाई सस्तोमा सामान ।
मारवाडीबाट जनता नराम्ररी ठगिएका छन् । राज्य राजस्वविहीन बनेको छ । अनि सरकार चाँहि अझै मौन छ । मारवाडीका कारण देश कंगाल बनेको छ । उनीहरु कमाउँछन्, आफ्नो देशमा पैसा लग्छन् । यहाँ राजस्व तिर्नेबेला चाँहि अनेकौ बहाना बनाएर छुट सुविधा लिन्छन् ।
एउटै मारवाडीले दिनमा दश लाखदेखि करोडौंको व्यापार गर्ने गरेका छन् । यद्यपि, राज्य राजस्व उठाउन सक्दैन । सरकार विदेशी ऋण ल्याउनमै ध्याउन्न छ । जनता सहकारी ठगीमा जेल चलान भएका रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर गर्न व्यस्त छन् ।
जसको फाइदा मारवाडीहरुले उठाइरहेका छन् । उनीहरुले नेपाली जनता र सरकार दुवैलाई ठगिरहेका छन् । तर, यो कुरा कसले बुझ्ने ? सरकारलाई ऋण ल्र्याएर फुर्सद छैन त जनताले रविको पक्षमा हस्ताक्षर गरेर । देशको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसक्यो ।
निर्माण व्यवसायीको ४५ अर्ब, दुग्ध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालहरुको २४ अर्ब भुक्तानी गर्न बाँकी छ । यो ण कसरी तिर्ने ? भनेर न जनतालाई चिन्ता छ न सरकारलाई । जनता पनि विदेशी ऋण लिनुहुन्न, मारवाडीलाई कानूनी दायरामा ल्याउनुपर्छ भनेर चाँहि न हस्ताक्षर अभियान चलाउँछन् न आन्दोलन नै गर्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा तीन करोडको घडी बाँधेका छन् । उनले दैनिक ७० हजारको विदेशी पानी पिउँछन् । उनले लगाउने हरेक कपडा लाखौंको हुन्छ । जुत्ता पनि त्यत्तिकै महँगो लगाउँछन् । उता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हातमा ७८ लाखको घडी बाँधेका छन् ।
यो घडी कसले दियो ? कुन पैसाले किन्यो ? भनेर उनीहरु जवाफ दिँदैनन् । ओली र प्रचण्ड दुवैको न जागिर र न व्यापार । अनि लाखौं, करोडौंको घडी कहाँबाट आयो । पक्कै पनि मारवाडीले दिएका हुन् । मारवाडीलाई राजस्व छुट दिने अनि घडी उपहार लिने ।
ओली र प्रचण्ड दुवैले देश र जनताका निम्ति केही पनि गरेका छैनन् । आफ्नो स्वार्थ परिपूर्तिका निम्ति मात्र उनीहरु पटकपटक प्रधानमन्त्री बनेका हुन् । जनतालाई पनि देशभन्दा पाटी प्यारो भयो । छिमेक भारत र चीनले नेपाली भूभाग कब्जा गरेको जनतालाई थाहा छैन । तर, रविमाथि प्रतिशोध साँधिएको चाँहि भन्न सक्छन् । अहिले लिपुलेकको व्यापक चर्चा छ ।
अनि भारत र चीनले कब्जा गरिसकेको नेपाली भूभाग, सिकिम, दार्जेलिङ, टनकपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुराबारे चाँहि कोही बोल्दैनन् । अब हुँदाहुँदै राजधानीकै मुटुमा समेत मारवाडीले कब्जा गरेका छन् । नेपाली जनता सिधा हुँदा त्यसको फाइदा नेतादेखि मारवाडी र छिमेक भारत र चीनले समेत उठाइरहेको छ ।
