ज्ञानेन्द्र शाहीको प्रश्न-यो सरकार हो कि आतंकवादी ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्न समेत गरे।
नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमवासीहरुको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यक्ता पनि औल्याए । सुकुम्बासीहरुको नाममा हुकुम्वासीहरुले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उनको आपत्ति थियो।
नेता शाहीले भने– ‘यो सरकार हो कि आतंकवादी हो ? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर तपाईहरु बस्दै गरेको घर २४ घण्टामा खाली गर्नुस। सक्नु हुन्छ? सक्नु हुन्छ २४ घण्टामा डेरा सर्न ? त्यसको समय छैन। त्यो भएको हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु । अवैध संरचना भत्काउनुस् । यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन।
सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुस । आज सत्ता र शक्तिको आडमा पूर्व माननीयज्यूले अघि भन्नु भएको थियो–आज मन्त्रीपरिषदका सदस्य समेत हुकुमवादी भएका प्रमाणहरु छन। आज त्यहाँमाथि किन डोजर चलाईएन ? सुकुम्बासी बस्ती हटाउने क्रममा आज दुई जना मान्छेले आत्माहत्या गर्नु प¥यो। अव प्रश्न उठछ ? नागरिकको जीवनको सुरक्षा सरकारको कर्तव्य हो कि होइन?
नेता शाहीले सरकारले अवैध संरचना हटाउने कुरा सही भएपनि गरिव सुकुम्बासीहरुमाथि डोजर चलाएर मानवीयतामाथि नै प्रहार गर्ने काम गरेको आरोप समेत लगाए।
