प्रधानमन्त्रीले असक्षमता लुकाउन जनतामा त्रास फैलाए: हर्क साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहले जनताको मतको अपमान गरेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? भनेर सोधेका हुन्।

प्रधानमन्त्री बालेनले जनताको प्रश्नमा मौन बसेर आफ्नै असक्षमता प्रमाणित गरेको साम्पाङको तर्क छ।यो सरकारको प्रधानमन्त्री छ कि छैन ?उनले भने,सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो,प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो।

प्रधानमन्त्री बालेनले आफ्नो असक्षमता लुकाउन जनतामा डर र त्रास फैलाएको साम्पाङको आरोप छ। अघि थपे,जनता सरकारसँग डराएर बाँच्नु परेको छ,जनताको जीउधनको रक्षा गर्न नसक्ने,सीमा रक्षा गर्न सक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ,के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?