सुनको मूल्यले २ लाख ५ हजार नाघ्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ।
शुक्रबार २ लाखबाट उक्लिएको सुनको भाउ २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।
आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँ कायम भएको छ।
