नारायणकाजी श्रेष्ठविरुद्धको मुद्दा श्रेष्ठ र पौडेलको इजलासमा
काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतमा दायर भएको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो।
श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका थिए । उनले श्रेष्ठमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्।
