गंगबुमा प्रहरीको छापा, झन्डै ४ करोड रुपैयाँ र गहनासहित एकजना पक्राउ
काठमाडौं । काठमाडौंको एक घरमा प्रहरीले छापा मारेर लुकाएर राखिएको झन्डै ४ करोड रुपैयाँ र सुनचाँदीको गरगहना बरामद गरेको छ।
गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो । प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो ।
अहिले घटनास्थलमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले थप अनुसन्धान गरिरहेको छ।
