गौर कारागारबाट भागेका ६४ कैदी नियन्त्रणमा, २२७ जनाको खोजी हुँदै
रौतहट। गौरस्थित जिल्ला कारागारबाट मंगलबार राति फरार भएका ६४ जनालाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका छन्। २२७ जना अझै फरार छन्।
कैदीहरू मंगलबार राति करिब ११ बजे पछाडिको भागबाट पर्खाल भत्काएर भागेका थिए। सुरक्षाकर्मीहरूले तत्कालै खोजतलास थालेपछि विभिन्न स्थानमा लुकेका ३१ कैदीलाई कारागार परिसरमै नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले विभिन्न स्थानबाट थप कैदी पक्राउ गरी अहिलेसम्म ६४ जना नियन्त्रणमा लिएको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काका अनुसार फरारमध्ये केही भारतीय नागरिकसमेत रहेका छन्। तीमध्ये १०(१२ जनालाई सीमा क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नियन्त्रणमा लिएको छ। अवस्था सामान्य भएपछि उनीहरूलाई नेपाली पक्षलाई बुझाउने जनाइएको छ।
घटनापछि गौर र आसपासका क्षेत्रमा सुरक्षा निकायले सीमा नाका, राजमार्ग तथा नजिकका बस्तीहरूमा कडा चेकजाँच थालेका छन्।
