जेनजीले उठाएको कार्यकारी राष्ट्रपतिको मागमा हाम्रो पूर्ण समर्थन,आन्दोलनका मृतकलाई सहिद घोषणा गरिनुपर्छ: संयोजक गजुरेल
काठमाडौं। कम्युनिष्ट समाजवादी पार्टी, नेपालले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका मृतकहरूलाई सहिद घोषणा गरी घाइतेहरूको निःशुल्क उपचार र उचित व्यवस्थापनको माग गरेको छ।साथै, आन्दोलनको क्रममा सिंहदरबारलगायत देशैभर ठूलो मात्रामा राष्ट्रिय सम्पत्ति ध्वस्त हुँदा पनि राज्यका जिम्मेवार निकायका र नेपाली सेनाबाट समेत राष्ट्रिय सम्पत्तिको सुरक्षा नभएको कम्युनिष्ट समाजवादी पार्टी, नेपालको निष्कर्ष छ। सेनाले उक्त घटनाको जिम्मेवारीलाई गम्भीरताका साथ बोध गर्नुपर्ने कम्युनिष्ट समाजवादी पार्टी, नेपालको भनाइ छ।
कम्युनिष्ट समाजवादी पार्टी, नेपालका संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मृतकहरूलाई शहीद घोषणा गर्दै घाइतेहरूको निःशुल्क उपचार र उचित व्यवस्थापनका निम्ति राज्यसँग जोडदार माग गर्दछौं। साथै, आन्दोलनको क्रममा सिंहदरबारलगायत देशैभर ठूलो मात्रामा राष्ट्रिय सम्पत्ति ध्वस्त हुँदा पनि राज्यका जिम्मेवार निकायका साथै नेपाली सेनाबाट समेत राष्ट्रिय सम्पत्तिको सुरक्षा नहुनुले नेपाली सेनाले जिम्मेवारीलाई गम्भीरताका साथ बोध गर्नका निम्ति अनुरोध गर्दछौं ।
साथै, कम्युनिष्ट समाजवादी पार्टी, नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ ९४० अनुसार पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु संविधानको धारा १३२ मा रहेको दाबी गरेको छ। विद्रोहको म्यान्डेट पहिला संसद् विघटन गरी तत्पश्चात् जेन जीकै नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्ने, अन्तरिम संविधानका लागि टिम निर्माण गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा ठोस गरी आगामी ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै कम्युनिष्ट समाजवादी पार्टी, नेपालले आपत्ति जनाएको छ ।
संसदीय व्यवस्थालाई नै निरन्तरता दिने र जेन–जीको अगुवाइमा भएको विद्रोहको खिलाफमा काम हुनुले सहिद, घाइते र समग्र परिवर्तनकारी नेपाली जनता र नेपाल राष्ट्रमाथि फेरि घात हुनपुगेको कम्युनिष्ट समाजवादी पार्टी, नेपालको निष्कर्ष छ।
जेन–जीको अगुवाइमा सुरु भएको आन्दोलनमा राज्यपक्षबाट भएको चरम दमनको छानविन गर्न नागरिक स्तरबाट छानविन समिति गठन गरिनुपर्ने कम्युनिष्ट समाजवादी पार्टी, नेपालको माग छ। २०४७ सालदेखि हालसम्म राज्यका उच्च पदस्थको जिम्मेवारीमा रहेकाहरूको सम्पत्ति छानविन गरिनुपर्ने, छानविनपश्चात् दोषी ठहर भएकाहरूको सम्पूर्ण सम्पत्ति जफत गरी राज्यकोषमा जम्मा गरिनुपर्ने, दलाल, तस्कर, भ्रष्ट र माफियाको सम्पत्तिसमेत उच्चस्तरीय नागरिक आयोग बनाएर जफत गरी राज्यकोषमा फिर्ता ल्याइनुपर्ने कम्युनिष्ट समाजवादी पार्टी, नेपालको माग छ।
त्यस्तै, नेपालमा भएका स्रोत र साधनहरू जलस्रोत, जङ्गल, जमिन, जडिबुटी र जनशक्तिलाई राज्यको नीतिमा सही ढङ्गले अधिकतम उपयोग गरी समृद्ध एवं विकसित र सबै प्रकारका वैदेशिक हस्तक्षेपबाट मुक्त गरी मुलुकलाई स्वाधीन मुलुकको रूपमा स्थापित गर्नुपर्ने कम्युनिष्ट समाजवादी पार्टी, नेपालको माग छ। विगतमा गरिएका सबै प्रकारका असमान तथा राष्ट्रघाती सन्धि–सम्झौतालाई पुनरावलोकन गरी आवश्यक कदम चालिनुपर्ने पनि माग रहेको छ।
