प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

अन्तरिम मन्त्रिपरिषद्।ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रियसभा अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयले आज एक सूचना जारी गरी राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको जानकारी गराएको छ।