आज असोज ०१ गते बुधबार पाथिभरा माताले सबैको रक्षा गरून्,यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धन कमाउने योगका साथै फलिफाप हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा मिल्ने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुनेछ । रमाइलो दिन छ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- काम बन्नाले मनमा आनन्द छाउनेछ । नोकरीमा दिन सामान्य रहनेछ । अनेक किसिमका फाइदा प्राप्त हुनेछन् । अप्रत्याशित लाभको सम्भावना छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- काममा समस्या आउन सक्छ । विभिन्न झमेलामा फस्ने सम्भावना छ । अनावश्यक विवाद वा हानि हुन सक्छ, सावधानी अपनाउनुहोस्।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आफ्ना विचारले धेरैलाई आकर्षित गर्ने समय छ । धन कमाउने योग बलियो छ । परोपकारतर्फ पनि मन जानेछ । धन आर्जनका दृष्टिले राम्रो दिन हुनेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनौठो तरिकाले आम्दानी भई मन प्रसन्न हुनेछ । टाढाको यात्राको योग पनि छ । फलिफाप हुने दिन छ । राम्रो कमाइका कारण सुख पाइनेछ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- टाढाको यात्रा गर्ने योजना भए केही दिनका लागि स्थगित गर्नु उचित हुन्छ । आज केहि सुख र केहि दुख दुबै अनुभूति हुनेछ । आकस्मिक कमाइको सम्भावना छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- गरेका कामबाट ठूलो उपलब्धि पाउन सकिँदैन। समय व्यर्थ खर्चिन सकिन्छ । अनावश्यक खर्च बढ्नेछ र नसोचेको ठाउँमा खर्च हुने देखिन्छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। अनावश्यक यात्राको सम्भावना छ । तर, सुखको अनुभव हुनेछ । आफन्तसँगको भेटघाटले आनन्द दिलाउनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- श्रद्धा र परोपकारतर्फ मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुन सक्छ । खर्चभन्दा कमाइ बढी हुने योग छ । शिक्षामा राम्रो प्रगति हुनेछ । आर्थिक लाभ हुने देखिन्छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- दुःखमा साथ दिनेहरू भेटिनेछन् । पैसा कमाउने अवसर मिल्नेछ । विपरीत लिङ्गको प्रोत्साहनले मन रमाउनेछ । मनोरञ्जनात्मक कार्यमार्फत पनि काम बन्न सक्छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- बिहान काम सजिलै बन्नेछ तर बेलुकी तनाव बढ्न सक्छ । साथीभाइसँग असमझदारी बढ्ने सम्भावना छ । मुद्दा मामिलामा पर्न सकिन्छ । दिन प्रतिकूल भएकाले वादविवाद वा बाधाको सामना गर्नुपर्ला।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- पेशागत क्षेत्रमा समस्या देखिन सक्छ। सुख दुःख दुवै परिस्थिति आउनेछन्। नोकरीमा झमेलाको सामना गर्नुपर्नेछ । जागिर सम्बन्धी काममा डर वा अनिश्चितता रहने सम्भावना छ।
