नेपाल प्रहरीका ४८ एसपीको सरूवा, को-कहाँ(सूची)

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गत भदौ ३१ गते असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा गरेको हो ।

जसअनुसार अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ ।

अपराध अनुसन्धान शाखा बनेपाका एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण धनुषा पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिल राज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्शालमा सरुवा भएको छ ।