मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि महिला टोलीको घोषणा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियाविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका लागि टोली घोषणा गरेको छ। ‘मलेसियन सुपर ओमन सिरिज’ र मलेसियन राष्ट्रिय क्रिकेट टोली विरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टोली घोषणा गरिएको हो।
यी दुवै शृंखला मलेसियन क्रिकेट संघको आयोजनामा हुन लागेको हो। ‘मलेसियन सुपर ओमन सिरिज’ सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियामै सञ्चालन हुनेछ भने मलेसियन राष्ट्रिय टोली विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला आगामी अक्टोबर २ देखि ८ तारिखसम्म सञ्चालन हुनेछ ।
घोषित नेपाली टोलीमा इन्दु वर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का,कविता जोशी,रीया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर रहेका छन्।
