आज असोज १३ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- बाध्यतावश मन नपरेका काममा पनि लाग्नुपर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ, बोल्ने बानीले दुस्ख डाक्न सक्छ, त्यसैले होसियार रहनुहोला । धनको हानी हुने सम्भावना छ । सन्तानबाट आशा गरे अनुसारको सहयोग नपाउँदा मन खिन्न हुनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- प्रेम सम्बन्ध सुखद रहनेछ । शुभ ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग बढ्नेछ । ठूला बडाको सल्लाह अनुसार अघि बढेमा सहयोग गर्ने प्रशस्त पाइनेछ । काममा सोचेअनुसार सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- प्रयास गर्दा लक्ष्यमा पुग्न सकिने समय आएको छ । सुरु गरेका कामबाट फाइदा हुने योग छ । धन आर्जनका अवसर प्राप्त हुनेछन् । काममा जोश जाँगर बढ्नुका साथै आर्थिक तथा सामाजिक लाभ पाइनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- व्यवसायिक क्षेत्रमा समस्या आउन सक्छ । टाढाको यात्राको सम्भावना छ । सवारी साधन चलाउँदा वा प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरू सम्पन्न हुन थाल्नेछन् ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- समयको गतिलाई पछ्याउन नसक्दा कठिनाइ हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्यमा पुग्न ढिलाइ हुनेछ । खर्च असाध्यै बढ्ने सम्भावना छ । परिश्रम गरेपनि कुन काम गर्ने भन्ने निर्णय गर्न गाह्रो पर्नेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अध्ययनमा समय दिन कठिन हुनेछ । ग्रहको सहयोगले प्रयास गरेमा फाइदा पाइनेछ । मेहनतले प्रतिस्पर्धामा विजयी हुन सकिनेछ । सुरु गरेका काम छोटै समयमा पूरा हुनेछन् । यद्यपि, सबै कुरा योजना अनुसार सजिलै पूरा नहुन सक्छन् । नयाँ लुगा र मिठा खानपानको आनन्द पाइनेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- भाग्य उदाउने समय आएको छ । अरूको कामको मूल्याङ्कन गर्नुपर्ने परिस्थिति आउन सक्छ । धैर्यपूर्वक परिश्रम गर्नुपर्ने दिन हो । तपाईंको कामको प्रशंसा गर्नेहरूको संख्या बढ्नेछ । आर्थिक लाभसँगै पारिवारिक सुख प्राप्त हुनेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- कतैबाट आर्थिक लाभ हुने योग छ, तर चनाखो रहनुहोस् । अधुरो काम सम्पन्न हुने सम्भावना छ । पैतृक सम्पत्तिबाट लाभ पाइनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- सहयोगको आशा दिलाउने व्यक्तिबाटै धोका हुन सक्छ । अरूको भर नपर्नुहोस् । केही विवादमा पर्न सकिने सम्भावना छ, त्यसैले सचेत रहनुहोस् । शारीरिक र मानसिक आलस्य बढ्नेछ । झै झगडाको सम्भावना पनि देखिन्छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । जागिरमा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्न सक्छ र मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। हानी नगरेपनि अरूको अवरोधले प्रगति रोक्न सक्छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- आतिथ्य र सम्मान प्राप्त हुनेछ । नयाँ रोजगारी वा अवसर प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीहरूलाई पराजित गर्न सकिनेछ । बौद्धिक क्षेत्रमा सफलता पाइनेछ । वैवाहिक जीवन सुखद बन्नेछ । पर्यटकीय स्थल, मन्दिर वा तीर्थयात्राको सम्भावना छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- दीर्घकालीन फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ अवसरहरू प्राप्त हुनेछन् । मनमा सद्विचार आउँदा उत्साहजनक समय हुनेछ । मान सम्मान प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान हुने संकेत छ । महत्वपूर्ण काममा सफलता पाइनेछ ।
