टेकु दोभानमा युवतीको शव फेला
काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवतीको शव भेटिएको छ । प्रहरीका अनुसार काभ्रे घई भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगरको शव भेटिएको हो ।
उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिएका छन्।
