राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा यी नेता भए सहभागी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा विभिन्न दलका शीर्ष नेताहरू शीतलनिवास पुगेका छन्। राष्ट्रपति पौडेलको पहलमा आयोजित उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सबै मन्त्रीहरू सहभागी छन् ।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा ९एमाले० बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वउपमहासचिव वर्षमान पुन सहभागी छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा(एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल, जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट अध्यक्ष डा.सीके राउत र डा. जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति बैठकमा उपस्थित छन् ।
