जिप र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
काठमाडौं । नयाँ बानेश्वरको मीनभवनमा जिप र मोटरसाइकल ठोकिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको हो ।
नयाँ बानेश्वरबाट आएर यातायात विभाग अगाडी ‘राइट टर्न’ गर्दै गरेको बागमती बीएबी ०३६५ नम्बरको जिप नयाँ बानेश्वरबाट तीनकुनेतर्फ आउँदै गरेको बा८१प ४०१० नम्बरको मोटरसाइकल गएराति एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक परियार घाइते भएका थिए। उनको उपचारका क्रममा सभिल अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

