कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुसीसाथ छोड्छु:ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउएका छन्।

बुधवार सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे। आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए।

अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढ्ने बताए। उनले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गर्नुरे।

अध्यक्ष ओलीले विरोधीहरूले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरूले पनि सोही अनुसारको गतिविधि गर्ने कुरा सैह्य नहुने चेतावनी समेत दिए।