कांग्रेस केन्द्रीय समिति बैठकका लागि यस्ता छन् ८ एजेन्डा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन्। बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको हो।
एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ।
बैठकका प्रस्तावहरू
१-जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा ।
२-पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा ।
३-प्रतिनिधि सभा विघटन र घोषित फागुन २१ को निर्वाचन सम्बन्धमा ।
४- तोडफोड र आगजनीबाट भग्नावेस भएका केन्द्रीय कार्यालय लगयातका मुलुकभरका विभिन्न कार्यालयहरूको पुनः निर्माण सम्बन्धमा ।
५-मुलूकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था सम्बन्धमा।
६- प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माण सम्बन्धमा ७। कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा।
८-विविध
