ओछ्यानमै सर्पले डस्दा बालकको मृत्यु

झापा । सर्पको डसाइबाट अर्जुनधारा-११ चाम्लिङडाँडामा बालकको मृत्यु भएको छ। १० वर्षीय अनिश राईको मृत्यु भएको हो। उनलाई सुतिरहेका वेला गएराति ओछ्यानमा सर्पले डसेको हो ।

राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए।