प्रधानमन्त्री सुशीला कार्कीको सम्पति छानबिन छानबिन गर्न वाइसिएल माग

काठमाडौं। नेकपा (माओवादी केन्द्र)मा आबद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पति छानबिन गर्न सरकारसँग माग गरेको छ।

कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पति छानबिन हुनुपर्ने जिकिर गरेको हो।

शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरूको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरूको पनि सम्पति छानबिन गर्नुपर्ने उल्लेख गरे।

उनले भ्रष्टाचार गरेका सबैको सम्पति छानबिन नभए आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए। पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाए।