कांग्रेसको इतर समूहले पत्रकार सम्मेलन गर्दै
काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएको इतरपक्षका नेताहरुले पत्रकार सम्मेलन गर्दैछन्।
नेता गुरुराज घिमिरेका अनुसार अहिले केहीबेरमा थापागाउँस्थित थापागाउँ बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
कांग्रेसको इतर पक्षले पार्टीमा नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशनको माग गर्दै ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ।
