१३ वर्षीया विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

खोटाङ। आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन्।

१३ वर्षीया छात्रालाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन्।

असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार पीडित बालिका गरिब परिवारको भएकाले प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न।