अमेरिकाबाट दशैँ मनाउन आएका छोरा बुहारीमाथि बुबाले गरे खुकुरी प्रहार

काठमाडौं। काठमाडौँको थलीमा बुबाको खुकुरी प्रहारबाट छोरा बुहारी घाइते भएका छन्। कागेश्वरी नगरपालिका–५ स्थित थलीमा ५३ वर्षीय विष्णु उप्रेतीले ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुबैजनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान घरायसी विवाद हुँदा बुबा विष्णुले खुकुरी प्रहार गर्दा छोराको पाखुरा, खुट्टा र बुहारीको औंलामा चोट लागेको छ। रूबिस र मनिता अमेरिकाबाट दशैँ मनाउन हालसालै काठमाडौँ आइपुगेका थिए।