प्रहरीको लुटिएको गोलीसहित दुईजना पक्राउ
काठमाडौं।जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी प्रभाग कोटेश्वरको टोलीले हिजो राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा बर्दिया घर भइ काठमाडौं कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौंको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगरलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो। गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ।
उनीहरूसँग प्रहरीले प्रयोग गर्ने बेल्ट र अरु सामग्री समेत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
उनीहरू दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

