सेनाका तीन कर्णेललाई जेनजीको हैरानी
काठमाडौं । जेनजी आन्दोलनबाट सिंहदरवार जल्दा नेपाली सेनाका अधिकारहरूले केही गर्न नसकेको आरोप लागेका बेला तीनजना उच्च अधिकारीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेललाई तिहारअघि नै नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई नियन्त्रणमा राखेर सेनाले आफ्नो गल्ती ढाकछोप गर्न खोजेको आशंका गरिएको छ। राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरवार जलेकोमा सेनाको सर्वत्र विरोध भएको थियो । त्यसपछि सेनाले ढाकछोपका लागि तीन कर्णेललाई नियन्त्रण्मा लिएको बताइएको छ ।
सिंहदरवार लगायतका धरोहरहरूलाई जेनजीका नाममा आपराधिक तत्वहरूले आक्रमण गरी जलाएको र त्यसलाई रोक्न नेपाली सेनाले प्रयाप्त सावधानी नअपनाएको भन्दै चौतर्फी आलोचना भएको थियो। सेनाका तीन उच्च अधिकृतलाई भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा जंगीअड्डा बोलाएर सैनिक हिरासतमा राखी सोधपुछ थालिएको छ’,स्रोतले भन्यो ।
उनीहरूलाई सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार सरुवा गरिएको उल्लेख छ भएपनि कारबाहीका लागि नियन्त्रणमा राखिएको स्रोतले जनाएको छ । कर्णेल खड्कालाई नम्बर २ बाहिनी अड्डा, धनकुटाको दरवन्दी राखिएको छ।
कर्णेल तेजेन्द्र मगरलाई नम्बर ५ बाहिनी अड्डा पु¥याइएको छ । यसअघि उनी सिन्धुलीको भवानीबक्स गणमा गणपति थिए। उनीमाथि जेलका कैदीबन्दी भाग्दा रोक्न पहल नगरेको आरोप लागेको छ। शिव भडेलमाथि सिंहदरवार जल्दा टिकटक बनाएर बसेको आरोप लागेको छ।
सिंहदरवारमा रहेका कर्णेल खड्काले भदौ २४ गतेको विध्वंशका बेला सिंहदरबारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, प्रधानन्यायाधीशलगायतलाई त्यहीँको नरसिंहदल गणमा आश्रय दिएका थिए। तर सिंहदरवारभित्र दिनदहाडै त्यत्रो आगजनी र क्षति हुँदा त्यहीको सुरक्षा गर्न बसेको सेनाले पर्याप्त सावधानी नअपानाएको कारण ठूलो क्षति भएको बुझाइ रहेको छ।
सिंहदरवारको पश्चिमी मूलगेटबाट सशस्त्र एसएसपी राजेश उप्रेतीले हवाई फायर गरी उपद्रवकारीलाई एक खेप भगाउँदा भित्र सेनाको कहीकतै उपस्थिति नभएका कारण पनि सेनाप्रति बढी नै आलोचना भएको थियो । आपराधिक समूहले प्रहरीको बन्दुक पड्काउन थालेपछि बल्ल सशस्त्र पछि हटेका थियो ।
भदौ २३ र २४ को जेन जी उपद्रवमा सेनाको भूमिकालाई लिएर आम रूपमा प्रश्न उठिरहेको छ । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन मात्र होइन भैरवनाथ गणको ठ्याक्कै पारीपट्टी बस्ने आफ्नै परमाधिपतिको कार्यालय शीतल निवाससमेत जोगाउन नसकेको भन्दै सैनिक नेतृत्वमाथि चर्को आलोचना भैरहेको छ ।
निर्मल निवासमा सेना खटाउने तर शितल निवास जोगाउन नसकेको भन्दै आलोचना भएको थियो । तर, सेनाले भने उक्त दिनको परिस्थितिलाई हेरेर सोहीअनुसार खेल्नुपर्ने भूमिका खेलेको दाबी गर्दै आएको छ । सेनाले पत्रकार सम्मेलन गरेर आफ्नाे भनाइ सार्वजनिक गरेको थियो ।
यदि सेनाका तर्फबाट कमजोरी भएको थिएन भने उनीहरुलाई बाहिर सरुवा गरेको देखाएर भित्रभित्रै किन हिरासतमा लिइयो रु भन्ने प्रश्न उठेको छ । तर,यी सबै काम भैरहँदा युध्दकार्य महानिर्देशनालयबाट बढुवा भएर उपत्यका पृतना सम्हाल्न पुगेका रविन्द्र खत्री र ५ चोटी सगरमाथा चढिसकेका बालाजूस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरसङ्ग सामान्य सोधपुछसम्म नहुनुलाई भने आश्चर्य मानिएको छ।
यसअन्र्तगत सैनिक सचिव विभागको आन्तरिक सर्कुलरअनुसार २ जनालाई कमाण्ड, १ जनालाई व्यवस्थापक अधिकृत र ३ जनालाई सरुवा गरिएको छ । नम्बर १ बाहिनी अड्डा बालाजूका प्रमुख सेनानी सुदिपकुमार सिंहलाई भवानीबक्स गण र सुदूरपश्चिम पृतना मुख्यालयका प्रमुख सेनानी बसन्तनाथ योगीलाई नरसिंहदल गणमा सरुवा गरिएको छ। नम्बर ३ बाहिनी अड्डा पोखराका प्रमुख सेनानी खिलबहादुर रानालाई व्यवस्थापक अधिकृतको रूपमा सैनिक आवासीय महाविद्यालय कैलालीमा पठाइएको छ।
