दुई हबलदारसहित १५ प्रहरी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीका दुई जना हबलदारसहित १५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एकजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना