भ्रष्टाचार नियन्त्रण, सुशासन र समयमै निर्वाचन गर: जेनजी
काठमाडौं। जेनजी प्रतिनिधिहरूले आन्दोलनमा उठेका मागको सम्बोधन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्ने माग राखेका छन्।
बुधवार साँझ बालुवाटारमा प्रधानमन्त्री तथा दलहरूसँगको वार्तामा उक्त माग राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
जेनजी प्रतिनिधिहरूले सुशासन, भ्रष्टाचार नियन्त्रणबारे आफ्नो माग पूरा हुनुपर्ने धारणा राखेको जानकारी दिए। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बारेमा पनि जेनजीहरूले माग राखेका छन्।
छलफल आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बढी केन्द्रित रहेको बताए। जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताए।
खरेलले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय बैठक भएको हो। यसको मुख्य उद्देश्य भनेको चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र यसभित्र पनि चुनावको कुरालाई बढी लक्षित गरी छलफल भएको छ।
उनले निर्वाचनको समर्थन गर्दै सुशासनको सुनिश्चितताको माग गरिएको बताए।
