जेनजी आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने पक्राउ,एक जना पटके अपराधी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको पेस्तोल लुटी त्यसैबाट गोली पड्काउँदै भिडियो बनाउने एक युवकसहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समीर श्रेष्ठ र काभ्रे पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो ।
उनीहरूबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । समीरले आन्दोलनका बेला लुटेको पेस्तोल पड्काउँदै घरको छतमा चुरोट तान्दै भिडियो खिचेका थिए।
प्रहरीका अनुसार समीर पहिलेदेखि नै ‘पटके कसुरदार’ हुन् । उनलाई गत भदौ ६ गते अभद्र व्यवहारको मुद्दामा प्रहरी वृत्त सोहैखुट्टेले पक्राउ गरेको थियो।
