‘एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो’

काठमाडौं। प्रस्तावित कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य रहेको बताएका छन्।

सामाजिक सञ्जालमा ४ बुँदे धारणा राख्दै उनले कम्युनिष्टहरूबीच मोर्चाबन्दी जरुरी रहेको र उनीहरूबीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको बताएका छन्।

एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको भन्दै उनले यसमा रमाउन नसकिने पनि बताएका छन्।