आज कार्तिक १६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यका साथ काममा जुट्नुभयो भने सामान्य लाभ भइरहनेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- खर्च लागेपनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन्। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी बढि रहनेछन् । खानपानमा असावधानी गर्दा स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । समयमा होश नपुग्दा खर्च मात्र बढ्नेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अभिप्रेरणा जगाउने व्यक्तिहरू भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- बोलीका कारण केही समस्या आउन सक्छ, तर सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको सम्भावना छ । अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्याउन सक्छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- विस्तारै सोचेका काम बन्नेछन् । नाम, दाम र इनाम कमाउने समय छ । रोगले सताउने सम्भावना छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुन सक्छ । सेवामूलक कामबाट प्रतिष्ठा कमाउने अवसर छ । लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झिनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्नेछ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- व्यवसायिक काममा विभिन्न समस्या आउन सक्छन् । केही कठिनाइ आए पनि इच्छाशक्ति र मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । रुपैया पैसाको कारोबार हुने देखिन्छ । व्यवसायिक काममा केही अवरोध आउन सक्छ। विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ हुने समय छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामका सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेका काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ। प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइने सम्भावना छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त गर्न सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुन सक्छ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ।
