सुन बढ्यो, चाँदी घट्यो,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको हो।

अघिल्लो दिन शुक्रबार तोलामा २७ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो।

यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

चाँदीको भाउ भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ।